काठमाडौं, ७ पुस । प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको वक्तव्यमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विहिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले सचिव भिम आचार्यले ज्ञानेन्द्रको वक्तव्यलाई प्रतिगामी र प्रतिक्रियावादी कदम भनेका हुन् ।
‘वर्तमान सरकारका क्रियाकलापहरुलाई मध्यनजर गरेर ज्ञानेन्द्रले यस्तो बालेका हुन्,’ उनले भनेका छन्– ‘यो (प्रचण्ड) सरकारले निर्वाचन बिथोल्ने उद्देश्यले संशोधन प्रस्ताव ल्याएपछि पार्टीपार्टी बिच ध्रविकरण बढेको छ, सरकारले समाजमा द्धन्द्ध बढाउने काम गरेको छ, यस्ता गति विधिबाट प्रतिगामी तत्वहरू सलबलाउन थालेका छन् ।’
राजाहरुले २४० वर्षसम्म शासन गर्दा नेपालमा केही नगरेको आरोप लगाउँदै सचिव आचार्यले अगाडि भने– ‘२४० वर्षसम्म शासन गर्दा केही गरेनन्, देश जहाँको त्यहि रह्यो, केही भएन, उल्टै जनता माथि निरंकुशता लाद्ने काम गरे, जनता सार्वभौम भएपछि त्यसलाई बिर्सेर शाहले जुन खालको राजतन्त्र व्युँत्याउने उद्देश्य राखेर वक्तव्य जारी गरेका छन्, त्यो किमार्थ सफल हुदैँन, यो प्रतिगामी र प्रतिक्रियावादी कदम हो यसलाई नेपाली जनताले सफल हुन दिदैनन् ।’












प्रतिक्रिया