४ मंसिर २०८३, शुक्रबार

संसदको बैठक आज पनि बस्दै, एमालेले चल्न नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ७ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको संसद बैठक आज पनि बस्दैछ ।

दिउँसो एक बजे नयाँबानेश्रवस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनसहितका विभिन्न विधेयकहरू पेश हुने जनाइएको छ ।

यद्यपि एमालेले संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने हो भने आजको बैठक पनि चल्न नदिने चेतावनी दिएको छ ।

संशोधन प्रस्ताव फिर्ताको माग राखेर एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतका आठ दलहरूले संयुक्त रुपमा सदन अबरोध गर्दै आएका छन् ।