१ कार्तिक २०८३, शनिबार

‘चीनको समृद्धिसँगै सिर्जित अवसरको सदुपयोगबाट समृद्धि हासिल गर्ने नेपालको चाहना’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले चीनको बढ्दो आर्थिक समृद्धिबाट सिर्जित अवसरको सदुपयोगबाट समृद्धि हासिल गर्ने नेपालको चाहना रहेको बताउनुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रको पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उहाँले चीन सरकारले हासिल गरेको द्रुत आर्थिक वृद्धि, पूर्वाधार तथा सामाजिक÷सांस्कृतिक विकास विश्वका लागि नमूना भएको उल्लेख गर्दै चीनको आर्थिक समृद्धिका लागि नेपाल सरकारले सकेको सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल सरकारले सदैव चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिई आएको बताउँदै उहाँले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउनुभयो ।

सक्षम र गतिशील नेतृत्वका रुपमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिन पिङद्वारा प्रस्तावित ‘वन बेल्ट, वन रोड’ परियोजनाको नेपालले स्वागत गरेको बताउँदै उहाँले नेपाल एसियाली पूर्वाधार र लगानी बैंक (एआइआइबी) को संस्थापक सदस्य तथा बोर्ड अफ गभर्नर रहेको र उक्त प्रयासले यस क्षेत्रको पूर्वाधार विकासमा गहनतम् भूमिका खेल्नेमा नेपाल सरकार विस्वस्त रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री पाण्डेले नेपालको आर्थिक, सामाजिक विकासका लागि चीन सरकारको निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका सहयोग र सम्बन्ध विस्तार हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

दुई देशबीचको पुरानो र बहुआयामिक सम्बन्ध पञ्चशीलका आधारमा सञ्चालित रहेको र नेपालले यसलाई निर्देशक सिद्धान्तका रुपमा आफ्नो संविधानमा पनि व्यवस्था गरेको बताउँदै मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल र चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध सन् १९५५ मा कायम भए पनि कलाकार भृकुटी र अरनीको पालादेखि नै सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको छ । फरक–फरक सामाजिक÷सांस्कृतिक संरचना भएतापनि यी दुई देशबीचको सौहार्द सम्बन्ध वास्तवमै उत्कृष्ट द्विपक्षीय सम्बन्धको नमूना हो ।”

चीनको स्वसाशित क्षेत्र तिब्बतको जनसरकारले नेपालका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा सन् २००९ देखि पु¥याउँदै आएको खाद्यान्न तथा वस्तुगत सहायताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँले उक्त सहयोग नेपालको उत्तरी जिल्लाका स्थानीय बासिन्दाको जीवनयापनका लागि अतिउपयोगी सावित भएको बताउनुभयो । आगामी दिनमा यस्तो प्रकारको सहयोगमा निर्माण सामग्री, हेभी उपकरण तथा अन्य वस्तुगत सहायतामा केन्द्रित गर्न सकिएमा स्थानीय पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको उल्लेख गर्दै मन्त्री पाण्डेले यसका लागि यससम्बन्धी विगतका सम्झौतामा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसका साथै मन्त्री पाण्डेले चीनसँग सीमाना जोडिएका जिल्लाका सदरमुकाममा चीनका तर्फबाट सडक यातायातको सञ्जालले जोड्ने कुरामा द्विपक्षीय सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेपालले २०७२ साल असोज ३ गते संविधानसभामार्फत जारी गरेको नयाँ संविधानलाई चीन सरकारबाट गरिएको स्वागतका लागि आभार व्यक्त गर्दै उहाँले गत वर्षकै विनाशकारी भूकम्पपश्चात चीन सरकारले तत्काल राहत तथा उद्धार कार्यमा पु¥याएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

भेटका क्रममा पिपल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिनले चीन सरकारले भर्खरै लागू गरेको तेह्राँै पञ्चवर्षीय विकास आयोजनामा रेल्वे, सडक यातायातलगायत पूर्वाधार विकासका विषय समेटिएको बताउँदै उहाँले यी प्रयासहरु ‘वन रोड, वन बेल्ट’ (ओविओआर) अन्तर्गत दक्षिण एसियालाई जोड्नका लागि बनाइएको हो भन्नुभयो ।

चीनको केन्द्रीय सरकारले उक्त योजनामा पूर्वाधार, जीवनस्तर सुधार र वातावरण संरक्षणका लागि ५६० विलियन आरएमबी खर्च गर्ने भएको बताउँदै उहाँले भन्नुभयो, “चीनको तिब्बत जनसरकारले नेपाललाई विभिन्न विषयमा पारस्पारिक सहयोग पु¥याएको छ । पूर्वाधार निर्माण, सडक यातायातलगायत अन्य क्षेत्रमा एक अर्काले गर्नुपर्ने सहयोगका विषयमा हाम्रा नेता सि जिन पिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुराकानी भएको हुनुपर्छ र हामी नेपाल र नेपालीको भविश्य अझै फलोस्फुलोस् भन्न चाहन्छौँ ।”

उहाँले नेपालले आफ्नो भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिएकाले यसका लागि तिब्बत जनसरकारका तर्फबाट हार्दिक धन्यवाद दिनुभयो । नेपाल र चीन असाध्यै असल मित्र राष्ट्र हुन् भन्दै उहाँले चीन ठूलो जनसङ्ख्या र भुगोलको भए पनि पञ्चशीलको सिद्धान्तमा नेपाल र चीनको सम्बन्ध रही आएको छ भन्नुभयो ।

सो अवसरमा मन्त्री पाण्डेले पिपल्स कँग्रेसका अध्यक्ष बाईलाई मायाको चिनो स्वरुप आँखी झ्याल उपहार प्रदान गर्नुभएको थियो भने अध्यक्ष बाईले थाङ्का उपहार प्रदान गर्नुभएको थियो ।