बेसीशहर (लमजुङ), ६ पुस । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले देशमा कालोबजारी र महँगी बढेकाले नियन्त्रणका लागि दबाबस्वरुप विरोध र्याली निकालेको छ ।
बेसीसहरको मनाङ्गे चौताराबाट निस्केको विरोध र्याली बजार परिक्रमा पछि शेराचोकमा कोणसभामा परिणत भएको थियो ।
सरकार असफलः नेताहरु
कोणसभालाई सम्बोधन गर्दै माओवादी नेताले सरकारको व्यापक आलोचना गरेका थिए । महँगी र मूल्य वृद्धिका कारण गरिब जनता मर्कामा परेको भएपनि प्रचण्ड नेतृत्वको सरकार त्यसलाई नियन्त्रण गर्न असफल भएको उनीहरुको दाबी थियो ।
जनताको जनजीविकाको सवालमा माओवादीले कुनै सम्झौता नगर्ने भन्दै सोमबार पहिलो चरणअन्तर्गत विरोध र्यालीको आयोजना गरिएको माओवादीले जनाएको छ ।
‘प्रचण्ड जनताको समस्याभन्दा कुर्सी जोगाउन भारतीय इसारामा चले’
वर्तमान सरकार जनताको समस्याभन्दा कुर्सी जोगाउन भारतीय इसारामा चलेकाले बाध्य भएर राष्ट्रियता र जनजीविकाको पक्षमा आवाज उठाएको माओवादीले जनाएको छ ।
भूकम्पपीडित जनताको समस्या र आम नेपाली नागरिकको पीडालाई भुलेर सरकार माफियाको चङ्गुलमा फसेको माओवादीको आरोप छ ।












प्रतिक्रिया