
मस्कट । प्रवासी नेपाली मञ्च ओमानको आयोजनामा आज अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अबसरमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम ओमानको राजधानी मस्कट अर्थात रूसेल गार्डेनमा विभिन्न ओमानमा क्रियाशिल संघसंस्थाहरू र प्रवासी नेपालीहरूबीच सौहार्दपूर्ण वातावरणमा भएको थियो ।
मञ्चका महासचिव सोमकृष्ण श्रेष्ठको सञ्चालन रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार समितिका संयोजक डिल्लीराम पाण्डे हुनुहुन्थ्यो भने अतिथिको रूपमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव तथा बैचारिक संयन्त्र ओमानका संयोजक शोभाकान्त लामिछाने, जनप्रगतिशिल मञ्च ओमानका अध्यक्ष पदम प्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोखरेल, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाद बस्नेत, नेपाली तमाङ समाज ओमानका अध्यक्ष राम तमाङ र दलित एकता सञ्जालका प्रतिनिधी शन्तमान बिक रहनु भएको थियो । र, सबै अतिथि गणले शुभकामना मन्तव्य पनि राख्नु भएको थियो ।
सचिब जनकलाल महतोबाट माईनेटिङ् तथा उपस्थिती गराउने काम भएको थियो भने सह कोषाध्यक्ष अनु पौडेलले स्वागत मन्तव्य दिनु भएको थियो ।
यसैगरि बरिष्ठ उपाध्यक्ष लिलानाथ कोईरालाबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सदस्य बलराम गैरेबाट सुन्दर समय सान्दर्भिक गजल बाचन भएको थियो ।
बिभिन्न संगठन का अतिथिहरु ले आफ्नो मन्तब्य राख्ने क्रममा बिशेस गरि प्रवासी नेपाली हरुका समस्या र समाधान का सुझावसहित अन्तराष्ट्रिय प्रावासी श्रमिक दिवसको शुभकामना राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष गगन कार्कीले कार्यक्रममा अमूल्य र महत्वपूर्ण उपस्थिती जनाउनुहुने र कार्यक्रमलाई आर्थिक, नैतिक र भौतिक सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम उद्देश्य अनुरूप सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए ।















प्रतिक्रिया