१९ कार्तिक २०८३, बिहिबार

गुल्मीमा प्रशासन कार्यालयमा तालाबन्दी, सिडिओलाई रोक्न खोज्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १ पुस । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीको सदरमुकाम जिल्ला प्रशासन कार्यालय गुल्मीसहित अधिकांश कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदर्शनकारीले आन्दोलनको कार्यक्रम अन्तर्गत आमहड्तालको पहिलो दिन जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरी प्रमुख जिल्ला अधिकारीसहित कुनै पनि कर्मचारीलाई प्रबेश गर्न रोक लगाएका छन् । संयुक्त आन्दोलनरत समिती गुल्मी र स्थानियवासीले गरेको आन्दोलनका कारण बिहानैदेखि गुल्मीमा प्रदर्शन भइरहेको छ ।

बिहानैदेखि प्रदर्शनमा उत्रिएका बन्दकर्ता प्रशासन अगाडी रहेको प्रदेश नं. ५ को कार्यालय गुल्मीको बोर्ड जिल्ला प्रशासन कार्यालय गुल्मीको बोड नजिकै राखेका छन् । बोर्डराख्ने क्रमम केहिबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलधाकेल समेत भएको थियो । प्रदर्शनकारीले प्रशासनको मुल गेट अगाडी नाराबजीसहित धर्नादिदै आएका छन् ।

गुल्मीमा जिल्ला प्रशासन कार्यालय सहित, जिल्ला बिकास समितिको कार्यलय, नापी कार्यालय, मालपोतकार्यालय, जिल्ला शिक्षा कार्यालय, सिंचाइ कार्यालय, बिद्युत कार्यालय लगायतका अधिकांश कार्यालयमा तालाबन्दी सहित प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रदर्शनकारीले नाराबाजी गरिरहेकोले ठूलो संख्यामा प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

गुल्मीमा १७ दिनदेखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बनेको छ । लगातारको बन्दले सर्बसाधारणको दैनिक कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

बन्दको कार्यक्रमअन्तर्गत आजबाट तिनदिन गुल्मीमा शैक्षिक संस्थाहरुपनि बन्द भएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।

गुल्मीमा बिहिवार भएको नमुना जनमत संग्रहको मतगणना आजै गरिदैछ ।