३१ आश्विन २०८३, शनिबार

वरिष्ठ उपाध्यक्ष अधिकारीले दिए सन्देश तथा निमन्त्रणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिजय थापा

वाशिंगटन डीसी । अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौशला तथा प्रोत्साहन दिन डीसी बासी नेपाली समुदायलाई एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले चुलो निम्तो दिएका छन ।

आगामी जनवरी १७ तारीख देखि २८ तारीखसम्म नेपालको पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कपको लागि छनौट प्रक्रिया आगामी दिसम्बर १७ तारीख डीसी क्षेत्रको भर्जिनियामा हुने भएकोले दी एसोसिएसन अफ नेपालीज इन अमेरिकाका वरिष्ठ उपाध्यक्ष अधिकारीले संस्थाको तर्फबाट उपस्थितिको लागि आब्हान गरेका हुन् ।

भर्जिनियाको फेयर फ्याक्सको ड्रापर ड्राइब पार्कमा छनौट प्रक्रियाको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट बाट झन्डै पचासौ खेलाड़ीहरु जम्मा हुने जानकारी अधिकारीले दिएका छन भने त्यस मध्येमा जम्मा १८ जना खेलाड़ीहरुको छनौट हुने बताए ।

छनौट पूर्ण निष्पक्ष तथा खेलाड़ीको प्रदर्शन अनुसार छनौट हुने र नेपाल जाने सकर टोली बन्ने बताए ।

अधिकारीले संस्थाले यस बिषयमा पहिला नै सोच गरि रहेता पनि अंतत्वगत्वा एएनए को सपना साकार हुन सकेकोमा हर्ष ब्यक्त गर्दै अमेरिका बाट नेपाली मुलका खेलाड़ीहरु मातृभूमि पुगी खेल्न लागेको यो पहिलो अवसर भएको बताए ।

अमेरिकामा जन्मेका दोश्रा पुस्ताले नेपालमा आयोजना हुने खेल बारे जान्ने मौका पाउनुको साथै मातृभूमि प्रति माया ममता समेत बढ़ने हुन्छ अधिकारीले भने ।

यसले नेपाल र अमेरिकाको खेलकूद को साथै खेलाडीहरुको समेत बिकास हुने कुरामा आफु विस्वस्त रहेको बताए । यसले नेपाल सरकारलाई पनि गौरब हुने हुन्छ भन्दै अमेरिका तथा क्यानडाका खेलाडीलाई सहभागी हुन आग्रह पनि गर्दछु भने ।

यो कार्यक्रमलाई संयोजन गरि रहेका चंद्र लामा तथा उनका सहयोगीहरुले अहोरात्र काम गरि रहेकोमा हर्ष ब्यक्त अधिकारीले गरेका छन ।