काठमाडौं , २९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले यस वर्ष दिने महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत गर्ने विषयमा निर्णय गरेको छ ।
साहित्यका ५ वटा क्षेत्रलाई आधार मानेर वितरण गरिने पुरस्कारमा डा. वानिरा गिरी- कविता, श्री कृष्ण गौतम -निबन्ध/ समालोचना, श्री परशु प्रधान -आख्यान / नाटक, श्री बासुदेव मुनाल- बाल साहित्य / लोक साहित्य र श्री नगेन्द्रराज शर्मालाई साहित्य सेवातर्फको पुरस्कारबाट पुरस्कृत गर्ने संस्कृति मन्त्रालयले निर्णय गरेको हो ।
२०६८ सालमा नेपाल सरकारले स्थापना गरेको १ लाख रासीको महाकवि देवकोटा पुरस्कार हरेक वर्ष ५ जना व्यक्तित्वहरुलाई वितरण गर्दै आएको छ ।
महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कार्यविधि बमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले गरेको सिफारिस अनुसार मन्त्रीस्तरको निर्णयबाट पुरस्कार दिने निर्णय भएको पर्यटन मन्त्रीको प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया