
– नवराज श्रेष्ठ
रामेछाप, २९ मंसिर । रामेछाप जिल्लाको खाँडादेवी गाविसको चोप्राङमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
मंगलबार साँझ पकरवास गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, जेसीवीका हेल्पर २३ वर्षीय सिन्धुली भीमानका रुपेष भण्डारी, सर्लाही घर भएका २२ वर्षीय बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ का बा २ क १०३८ नमबरका अर्का ट्रिपर चालक किरण डाँगी रहेको प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।











प्रतिक्रिया