बुटवल, २८ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले सरकारले कुनैपनि प्रदेशको सीमाना हेरफेर गर्न नसक्ने बताउनुभएको छ ।
रेडियो लुम्विनीको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै उहाँले भन्नुभयो – सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पास नहुने निश्चित छ ।
उपमहासचिव भुसालले नेपालले दुई छिमेकी मुलुक चीन र भारतको आर्थिक विकासबाट लाभ लिन नसकेको बताउनुभयो ।
सामुदायिक रेडियोका अभियान्ता रघु मैनालीले रेडियोले आर्थिक, सामाजिकलगायत समाजका हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिनुभयो ।
सो अबसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले रेडियोको भावी योजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा रेडियो कार्यरत कर्मचारी, सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । रासस













प्रतिक्रिया