१९ कार्तिक २०८३, बिहिबार

एसएसपी सर्वेन्द्र खनालले पाए प्रहरी चौकी आक्रमण छानबिनको जिम्मेवारी

41.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssp-sarbendra1-624x551काठमाडौं, २८ मंसिर । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले राजधानीको जोरपाटीमा आइतबार भएको नयाँबस्ती प्रहरी विट आक्रमणमा छानविनको जिम्मेवारी पाएका छन् ।

सोमबार खनालको नेतृत्वमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेर घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल ठकुरीका अनुसार जिम्मेवारी पाएपछि एसएसपी खनाल सोमबारै देखि छानविनमा खटिएका छन् ।

ट्याक्सी चालकको मृत्युको विषयलाई लिएर आफन्तसहित स्थानीयको समूहले आइतबार प्रहरी विटमा आक्रमण गरेका थिए । त्यसक्रममा चौकीमा राखिएका मोटरसाइकल जलाउँदै प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।

लगत्तै परिचालित थप प्रहरीले स्थिती नियन्त्रणमा लिई घटनामा संलग्न २२ जनालाई नियन्त्रणमा लिएको थियो ।