काठमाडौं, २८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलवर्नमा आयोजना हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ जान लागेका छन् ।
अस्ट्रेलियाको मेलवर्नमा १४ डिसेम्वर देखि २१ डिसेम्वरसम्म एनआरएनले आयोजना गरेको ग्रान्ड नेपाल फेस्टिवलको प्रमुख अतिथिको रुपमा पर्यटनमन्त्री शाही अस्ट्रेलिया जान लागेका हुन । शाहीले शनिबार ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले बताए । उनले भने, सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियमा फेस्टिवलको आयोजना गरिनु अत्यान्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धि समेत हो ।
नेपाल फेस्टिबलमा भिक्टोरियाका बहुसाँस्कृतिक तथा अर्थमन्त्री रविन स्कट पनि विशेष अतिथिको रुपमा उपस्थित रहने आयोजक संस्थाले जनाएको छ ।
त्यहाँ रहँदा मन्त्री शाहीले केहिँ महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्न सक्ने सम्भावना रहेको छ ।
मन्त्री शाही आज राति अस्ट्रेलिया प्रस्थान गर्ने र २१ डिसेम्वरमा फर्कने कार्यक्रम रहेको मन्त्री शाहीको प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया