५ मंसिर २०८३, शनिबार

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच गम्भीर वार्ता, अर्काे बैठकमा सहमति हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-party-meeting-prachand-sherbahadur-deuba-and-kp-oli

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ । र, स्थानीय चुनावको मिति छिट्टै घोषणा गर्न तीनै नेता सहमत हुनुभएको छ ।

उहाँहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाउनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिनुभयो ।

‘निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भयो,’ उहाँले भन्नुभयो- ‘सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत छैन, त्यसैले निर्वाचनबारे थप छलफल हुनेछ ।’ रासस