१ कार्तिक २०८३, शनिबार

यस्तो छ विदेशमा भवन भट्टको सफलताको ‘राज’, टीवीआई ग्रुपसँग बढी रेभेन्यू

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhawan-bhattaन्यूयोर्क, २८ मंसिर । विदेशमा लगानी गरेका नेपालीमध्ये संभवत सबैभन्दा बढी रकमको कारोबार (रेभेन्यू) आफ्नो टीवीआई ग्रुपको रहेको यस कम्पनीका अध्यक्ष भवन भट्टले दाबी गरेका छन् ।

अमेरिकाको डलासमा शनिवार नेपाली व्यवसायीसंगको छलफलमा टीवीआईका अध्यक्ष समेत रहेका भट्टले भने, ‘संभवत सबैभन्दा बढी रेभेन्यु भएको नेपाली व्यवसायीमा हामीनै छौँ ।’

गैर आवसीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष समेत रहेका भट्टले आफ्नो कम्पनी जापानको शेयर बजारमा सूचिकृत गर्ने पहल गरिरहेको पनि जानकारी दिए । टीवीआई पनि जापानमा रहेको कम्पनी हो । यसअन्तर्गत जापानमा १ सय ४८ रेष्टुरेण्ट, होटल लगायत विभिन्न व्यवसाय छन् ।

भट्टले नेपालमा पनि होटल, सञ्चार, वियर लगायतका क्षेत्रमा झण्डै दुई अर्ब नेपाली रुपैंया लगानी गरेका छन् । ‘हामीसँग ३२ वटा सहायक कम्पनी छन् र जापानमा मात्र चार हजार जापानीले काम गर्छन्’, भट्टले भने ।

आफ्नो कम्पनी विस्तारको सूत्र बताउँदै भट्टले भने, ‘म सकेसम्म पुरानो बन्द हुने अवस्थामा पुगेको व्यवसाय किन्छु, यसलाई पुनःसंरचना गरेर फेरि सञ्चालनमा ल्याउँचु । यसले गर्दा छिटो समयमा व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

कुनै पनि रेष्टुरेष्ट व्यवसाय सञ्चालन गरेपछि १० महिनामा लगानी उठाउने हिसाबले जाने गरेको भट्टले जानकारी दिए । जापानमा करिब एक हजार रोपनी जमिनमा फैलिएको होटलपनि आफ्नो यसै धारणा अनुसार लिई पुनःसंरचना गरी सञ्चालन गर्दा सफल भएको उनले दाबी गरे ।

एनआरएन पनि नेपाली र नेपाललाई धनी बनाउन लागि परेको संस्था भएको उनले बताए । डालस टेक्ससका नेपाली व्यवसायीसंग उनले भने मेरो विदेशमा जाँदा सुरुका कथा पनि तपाईहरुका जस्तै छन् ।

पढ्न जापान गएका भट्ट सुरुमा अरुकोमा काम गर्थे । नेपाली पश्मिना बिक्री गर्दा उनलाई तीन करोड रुपैंया जति फाइदा भयो त्यहीबाट उनले व्यवसाय सुरु गरेका थिए ।

व्यवसाय सुरु गर्दा सधैँ नयाँ सोच लिनु पर्ने सुझाव उनले दिए । १७ औँ शताव्दिको औद्यौगिक क्रान्तिको समय अनुसार गर्न खोज्यो भने सफल भईंदैन नयाँ सोच हुनैपर्छ ।

1481561249_2पैसा साध्य होइन साधन हो व्यवसायमा आफू मात्र फाइदामा भएर वा बनेर पुग्दैन उनले भने समुदायलाई पनि सँगै लैजानुपर्छ तब मात्र विस्तार सम्भव हुन्छ ।

नेपालमा राजनीतिक पार्टी सुध्रिय देश बन्ने उनले बताए । नेपालमा गाउँमा गएर हामी किन पछाडि पर्‍यो भनेर सामान्य मानिसलाई सोध्यौं भने पेरुको क्रान्तिको कुराबाट बोल्न सुरु गर्छन् तर, आर्थिक पक्ष र आफ्नो फाइदा कहाँ छ यो थाहा छैन र भन्न सक्दैनन् । देशलाई आर्थिक रूपमा सबल बनाउन जनस्तरमा पनि व्यावसायिक सोच आउनुपर्ने उनले बताए ।

का्र्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष राम सी पोखरेल, कोषाध्यक्ष वेद बस्नेत, टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, सल्लाहकार सुनिल शाह सदस्य विनोद तिवारी नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, व्यवसायी हरिवोल भण्डारी, पासागं लामा, गौरी जोशी लगायतको सहभागिता थियो । (समाचार साभारः हिमालय खबर)