१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय कृषक समूह महासंघ डोटीको अध्यक्षमा बोहरा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti

– भूमिराज जोशी

दिपायल, २७ मंसिर । किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघ डोटीको प्रथम जिल्ला अधिवेशनबाट भरत बोहरा सर्बसम्मत चयन भएका छन ।

उपाध्यक्षमा संगम साँउद, सचिबमा खडक सिं बिक, सह–सचिबमा पशुपति जोशी, र कोषाध्यक्षमा धौली देबी रावत चयन भएका छन ।
यस्तै सदस्यहरुमा कर्ण बिष्ट, बाटु खड्का, माया साँउद, हर्क देबी खड्का, शिबराज ओझा, सिद्धार्थ बिक, लक्ष्मी शर्मा र भक्त बोहरा सर्बसम्मत चयन भएको अध्यक्ष भरत बोहराले बताए ।

सोमबार सिलगढीमा भएको जिल्ला कृषक समूह महासंघबाट निर्बिरोध चयन भएका हुन । ११ वटा गाविस तहमा कृषक समूह महासंघ गठन भईसकेको र तिनै गाविसबाट समावेशी रुपमा तीन र अन्य तीन जना प्रतिनिधि गरी ६ जनाका दरले एक गाबिसबाट जिल्ला अधिवेशनमा सहभागी भएका थिए । जिल्ला प्राबिधिक कार्यालय डोटीका कार्यालय प्रमुख रामचन्द्र खत्रीको प्रमुख आतिथ्यमा सञ्चालन भएको बन्दशत्रमा सबैले बिभिन्न गाबिसका प्रतिनिधिहरुले आफूले गरेको ब्यवसायमा भएका समस्या तथा सुझाबहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै गाविस स्तरीय महासंघ गठन भई नसकेका गाविसहरुबाट पनि किसान समूह महासंघका प्रतिनिधिहरुको अधिवेशनमा सहभागी भएर सिलगढीको टुँडिखेलबाट प्रशासन चौक हुदै जिल्ला बिकास समितिको कार्यालयसम्म ¥याली निकालेको अध्यक्ष बोहराले जानकारी दिए ।
अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको बताईएको छ । सोमबार बिहान एघार बजे कृषकहरुका मागहरु बारे जिल्ला विकास समितिमा ज्ञापन पत्र पनि बुझाएको छ

जिल्ला पशुसेवा कार्यालय डोटीका प्रमुख डा.पान सिं ठकुन्नाले अब कृषि खेतीमा कतैबाट पनि यस जिल्लामा आयात होइन निर्यात हुनुपर्छ । त्यसको लागि कृषकहरुले निकै मेहेनत गर्नुपर्ने बताए । कृषि तथा पशुको क्षेत्रमा आफू कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए । यस्तै कृषि बिकास कार्यालय डोटीका प्रकाश भट्ट, कृषि पत्रकार समूह डोटीका अध्यक्ष झलक पाली लगायतले समग्र डोटीको हितको लागि कृषि क्षेत्रमा आफूहरु सहयोगको लागि सधै लागि रहने प्रतिबद्धता ब्यक्त गरेको महासंघको तदर्थ समितिले जनाएको छ ।