१९ कार्तिक २०८३, बिहिबार

स्व. पत्रकार बोहराका परिवारलाई दुई लाख सहयोग, को-कोले गरे ? (नामावली)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-saha

काठमाडौं, २७ मंसिर । स्वर्गीय पत्रकार कर्ण बोहोराकी धर्मपत्नी ममता बोहोराको उपचारका लागि नेपाल पत्रकार महासंघमा थप दुई लाख सहयोग रकम प्राप्त भएको छ ।

भेनस अस्पतालमा उपचाररत स्व. बोहोराकी धर्मपत्नी ममता बोहोराको उपचारार्थ आज महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई सुदूरपश्चिम क्षेत्रीय संयोजक एवं केन्द्रीय सदस्य प्रकाशविक्रम शाहले हस्तान्तरण गर्नुभयो । उक्त रकम नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि. को ००१०३६३५२ए खातामा जम्मा गरिएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले उक्त सहयोग प्रदान गर्नुहुने सह्दयी सबैप्रति धन्यवाद ज्ञापन गर्दै सो सहयोग रकम श्रीमती बोहोराको उपचारमा खर्च गरिने बताउनुभयो । सो अवसरमा महासंघका महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमलगायतको उपस्थिति थियो ।

उक्त रकम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय कार्यालयको पहलमा उठेको हो ।

कसले कति सहयोग गरे ?

statement statement-1