१९ कार्तिक २०८३, बिहिबार

संविधान कार्यान्वयनको कामना गर्दै मोहम्मद जयन्ती मनाइयो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maohambad-day

– जानु पाण्डे

कपिलवस्तु, २७ मंसिर । ईस्लाम धर्ममा प्रर्वतक हजरत मोहम्मद पैगम्वर सल्लाहु अलैवसल्लामको जन्म जयन्ती आज मनाईदै छ । संविधान कार्यन्वयन र नेपालमा शान्तिको कामना सहीत मनाइदै छ ।

मोहम्मदको १४ सय ३८ औँ जन्म दिन नेपालमा स्थीरता हटेर शान्ति आमन चयन कायम होस भन्दै मनाइरहेका छन । कपिलवस्तुका अलवा मुस्लिम बाहुल्य रहेका रौतहट, बाँके, रुपन्देही, सर्लाही, धनुषा लगायतका जिल्लामा सविधान कार्यन्वयन सगै मुस्लीमहरुको हकहित संरक्षण होस भन्दै मोहम्मद डे मनाइ रहेको राष्ट्रिय मदरशा सघ नेपालका महासचिव मौलना मश्हुद खाँ नेपालीले बताउनुभयो ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

जिल्लाको कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्ज, राजपुर, महुवाका मुस्लीम समुदायहरु र्याली निकाली मोहम्मद डे धुमधामका साथ मनाउने कपिलवस्तुका मुस्लिम समुदायका पत्रकार सनि उल्ला धोबीले बताउनु भयो ।

कपिलवस्तुका मुस्लीम अगुवाहरु मुस्लीम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थीत बनाउनु पर्ने, मदरसा अन्य सरकारी विद्यायालय सरह हुनुपर्ने लगायतका माग राखेका थिए ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसंग केही वर्षअघि सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए ।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा २२ लाख मुस्लीम रहेका छन । नेपालको सवै जिल्लामा मुस्लीम समुदायको प्रतिनिधित्व रहेको राष्ट्रिय मुस्लीय अयोगको अभिलेखमा उल्लेख गरिएको मौलाना मश्हुद खाँले बताउनुभयो ।