काठमाडौं, २७ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि चिनियाँ राजदूत यो होंगबीच भेटवार्ता भएको छ ।
सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा प्रधानसेनापति क्षत्री र चिनियाँ राजदूत होंगबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटमा प्रधानसेनापति क्षत्रीको चीन भ्रमण र चीनले नेपाली सेनालाई दिने सहयोगबारे पनि कुराकानी भएको थियो ।
भारतले नेपालमा प्रभाव बढाइरहेका बेला त्यसलाई रोक्न पछिल्लो समय चिनियाँ राजदूत होंग सक्रिय छिन् । उनले यसअघि सबै दलका शीर्ष नेतालाई भेटिसकेकी छन् ।













प्रतिक्रिया