१९ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री निधि र अमेरिकी राजदूतबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dpm-nidhi-us-ambessor-meet

काठमाडौं, २७ मंसिर । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच आज भेटवार्ता भएको छ ।

आज बिहान गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्धिपक्षीय सम्बन्ध र सहयोगका बिषयमा कुराकानी भएको थियो । साथै, भेटमा नेपालको समसामयिक राजनीति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धमा पनि कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिदैं आगामी दिनमा पनि सहयोग हुने बिश्वास व्यक्त गर्नु भएको थियो । राजदूत टेप्लिसले अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।