१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरको दक्षिणी क्षेत्रका ७ जना पत्रकार सम्मानित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

patrakar-samman

– रञ्जित लामा

पुनर्वास, २६ मंसिर । कञ्चनपुरको दक्षिणी क्षेत्रका ७ जना पत्रकारहरु शनिबार आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् ।

नेपाल किसान पार्टीद्वारा आयोजित किसान भेलामा शंकरपुर गाविस वडा नं.–६ बल्मी स्थित श्री पूर्णिमा आधारभूत विद्यालयको प्राङ्गणमा बिभिन्न मिडियाका पत्रकारहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा नागरिक आवाज साप्ताहिक पत्रिकाका प्रकाशक दीपेन्द्र बस्नेत, हेल्लो पुनर्वास साप्ताहिक पत्रिकाका प्रधानसम्पादक रञ्जित लामा, गोरखा पत्रका सदस्य बासुदेब भट्ट, रेडियो बेलौरीका स्टेशन मेनेजर हरिशचन्द्र बाग, हिमालय टेलिभिजनका रिपोर्टर सुरेश भट्ट, पत्रकार माधव पौडेल र चक्रसिंह ठकुरी रहेका छन् ।

पत्रकार सम्मान कार्यक्रमको सो भेलामा नेपाल किसान पार्टीका क्षेत्रीय संयोजक सुरेश चौधरीको सभाध्यक्ष तथा सोही पार्टीका केन्द्रीय संयोजक शिरोमणी ओझाको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै ओझाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेर कृषी क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु हुने पत्रकारहरुलाई थप हौसला प्रदान गर्न सो भेलाको आयोजना गरिएको बताउँनु भयो । किसानीहरुको पीरमर्का र समस्यालाई जस्ताको तस्तै अक्षरांश तथा बुलन्द गर्ने पत्रकारहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रका विषयबस्तुलाई उठान गरिदिन वहाँले सबै पत्रकारहरुलाई आव्हान समेत गर्नु भएको थियो ।

किसान, शिक्षक तथा पत्रकारहरुको त्रिकोणात्मक उपस्थिति रहेको सो भेलामा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरीक्षक शंकरदत्त भट्ट, राष्ट्रिय अनुसन्धानका भुवन शंकर, स्थानीय महिला समाजसेबी जलेनिया राना, राजबानी राना, शिक्षकद्वय रबिन्द्र चौधरी, राजेन्द्र रानासमेतको आतिथ्य रहेको थियो ।

सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो भेलामा उपस्थित अधिकांश बक्ताहरुले कृषक तथा कृषि पेशामा देखिएको गम्भीर विषयबस्तुहरुप्रति चर्चा गर्नु भएको थियो ।

रमेश चौधरीको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन सोही पार्टीका जिल्ला कमिटी सदस्य सन्तोष चौधरीले गर्नु भएको थियो ।