काठमाडौं, २६ मंसिर । राजधानीको कमलपोखरीमा मोटरसाइकल दुर्घटना परी एक पुरुषको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३१ कमलपोखरीमा ना.२४ प १९३२ नम्बरको मोटरसाइकल ट्राफिक आइलेण्डमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोलुखुम्बु सोताङ–६ का ३४ वर्षीय पासाङ तेम्बाको हिमाल अस्पताल कमलपोखरीमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया