कैलाली, २६ मंसिर । गोरखा बोरलाङ्ग–१ बस्ने १८ वर्षीय ज्योति थापा मगरलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया नगरपालिका–४ बनखेत कैलालीमा संचालित नेपाली सेनाको सैन्य छनौट लिखित परिक्षामा हरि थापामगरको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया