– नरेश केसी
भैरहवा, २५ मंसिर । लायन्स क्लब अफ सिद्धार्थनगरको आयोजना तथा किफाग्राफी भक्तपुरको सहकार्यमामा भैरहवामा विशेष फोटोग्राफी तालिम शनिबारदेखी शुरु भएको छ ।
तालिमको एक समारोहकाबीच लुम्बिनी अन्चल प्रहरी कार्यलय प्रमुख एसएसपी शेर बहादुर बस्नेतले उद्घाटन गदै व्यवसायीक फोटोग्राफी आजको आवश्यक्ता भएकोमा जोड दिएका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेलको अध्यक्षता, सचिव नेत्र आचार्यको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु दिपक क्षेत्री न्यौपाने, निधानचन्द्र श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगर युथको अध्यक्ष अर्चित श्रेष्ठ, लायन्स क्लबको रिजन जोन चेयर पर्सन ओम कुमार श्रेष्ठ, पुर्व डिस्ट्रक गर्भनर अरुण प्रताप राणा, मुख्य प्रशिक्षक शरद राई, किफा ग्राफीका सचिब सन्देश प्रजापति, ब्रहमा कुमारी इश्वरी विश्वविद्यालयका शान्ति दिदी लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा अतिथीहरुलाई स्वागत गर्दै कार्यक्रम संयोजक दिपक कौशलले ५ दिने तालिममा विहान, दिउंसो र सांझ ३ सीफ्टगरी ७५ जनाले तालिम लिन थालेको जनाएका थिए ।
यसैबीच शनिबारदेखी शुरु भएको तालिमका सहभागीलाई मुख्य प्रशिक्षक शरद राईको टोलीले तालिम दिएको छ । तालिममा विद्यार्थि, कर्मचारी, उद्योगी व्यवसायी, पत्रकार तथा महिलाको उल्लेख्खय सहभागीता रहेको आयोजक संस्थाका अध्यक्ष खरेलले जानकारी दिए ।
तालिमका प्रमुख प्रशिक्षक राईले फोटोग्राफीमै नर्बेबाट पिएचडी गर्दै गरेका छन् भने अन्य प्रशिक्षकहरु सन्देश प्रजापति र सम्पदा बज्राचार्य लगायत पनि नेपालका प्रसिद्ध फोटोग्राफर हुन् । नेपालमै पहिलो पटक राइले फोटोग्रापीको साक्षरता अभियान देशका विभिन्न ठाऊमा गर्ने क्रममा भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगरको आयोजनामा गर्न थालिएको र सहभागीहरुको संख्या पनि उत्साहबद्र्धक देख्दा खुसी लागेको सो अवसरमा बताए । विगत ८ वर्षदेखी क्यामरा संग खेल्दै आएता पनि व्यवसायीक फोटो ग्राफीको बारेमा सहि ज्ञान प्राप्त गर्ने अवसर पहिलो पटक पाएकोले तालिममा भाग लिएको तालिमका सहभागी पत्रकार कमल रायमाझीले जनाए ।













प्रतिक्रिया