१९ कार्तिक २०८३, बिहिबार

संजयलाई टिविआई ग्रुपको ३ लाखसहित सम्मान

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjayकाठमाडौं, २५ मंसिर । अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई शनिवार टिविआई ग्रुपले रु. ३ लाखसहित सम्मान गरेको छ ।

नेपाललाई पर्वतारोहणको क्षेत्रबाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।

कार्यक्रममा टि.वि.आई ग्रुपका कार्यकारी निर्देशक राजु नेपालले ३ लाख बरावरको चेक हस्तान्तरण गरेका हुन् । पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेक थिए भने युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए ।

टिविआई ग्रुपका अध्यक्ष एवम एन.आर.एन.ए. का बरिष्ठ उपाध्यक्ष तथा बहुचर्चित उद्योग व्यवसायी भुवन भट्टले संजय जस्ता राष्ट्र चिनाउने आरोही खेलाडीहरुलाई आँफुले सदैव सम्मान र साथ दिने कुरा बताए । आफुले संजय जापानको सर्वोच्च शिखर फुँजि आरोहण गर्दा पनि सहयोग गरेको कुरा पनि बताए ।

पण्डितले जापान तथा अमेरिकाको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् । पण्डितले टिविआई तथा अतिथी देवो भवः अङ्कित झण्डा शिखरमा फरफराउने छन्