१९ कार्तिक २०८३, बिहिबार

स्वास्थ्यमन्त्री थापाको रोहबरमा तिवारीको अनशन तोडियो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tiwari-ansan

सप्तरी, २५ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माँग राखी विगत अठार दिनदेखि आमरण अनशनमा बस्नुभएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आज अनशन तोड्नुभएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको रोहबरमा मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक भोगेन्द्र डोटेल र तिवारीका प्रतिनिधिबीच चार बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभएको हो ।

अस्पतालमा उपचार गराइरहेकी १४ महिने वालिका निलम मण्डलले अध्यक्ष तिवारीलाई जुस खुवाएर अनशन तोडाएकी हुन ।

एक महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने र उक्त समितिले एक महिनाभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायतका विषयमा दुबै पक्षबीच सहमति भएको जनाइएको छ । रासस