१९ कार्तिक २०८३, बिहिबार

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारीको उम्मेद्वारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-adhikariकाठमाडौं, २५ मंसिर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाशप्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् ।

झापाको दमक १३ निवासी अधिकारी ३६ बर्षीय अधिकारीले जेसिजलाई समयानुकूल समाजमा समायोजन गर्दै अघि बढाउन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

जेसिजमा भएका युवाहरूलाई देश विकास र समृद्धीको अभियानमा सहभागी गराउने अधिकारीको योजना छ । उनले भने– ‘देश समृद्धीको महाअभियानमा छ । त्यसका लागि जेसिजले आफ्ना सबै सदस्यलाई उत्पादन र आर्थिक समृद्धीसंग जोडेर देश निर्माणको यो अभियानलाई मेरो कार्यकालमा सघाउनेछ ।’ युवाहरूलाई समाजसेवामा प्रेरित गर्न, सामूहिक सहभागितामा निर्णय गर्न र युवाहरुलाई नेतृत्वमा पुर्याउन आफूले सदैव अग्रणी हुने अधिकारीको दाबी छ ।

सन् २००२ बर्ष अघि जेसिजमा प्रवेश गरेका अधिकारी २०१३ मा दमक जेसिजको अध्यक्ष, २०१४ को उपाध्यक्ष र २०१५ मा कार्यकारी उपाध्यक्ष थिए ।