१९ कार्तिक २०८३, बिहिबार

प्राज्ञिकद्धारा जनजागरण र्याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pvp-bhw-news-1

भैरहवा, २५ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद नेपालको स्थापना दिवसको अवसर पारेर भैरहवा शाखा द्धारा राष्ट्रका लागि युवा नामक बृहत जनजागरण र्याली सम्पन्न गरेको छ ।

शुक्रवार भैरहवाको बुद्धचोक देखि सुरु भएको र्याली बहुमुखी क्याम्पसमा गई समापन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै परिषदका राष्ट्रीय महासचिव रमेश कंडेलले युवा पीडिहरुमा देश प्रतिको चिन्तन हराउदै गएको र व्याक्तिगत स्वार्थका लागि विभिन्न भात्रि संगठनहरुले देशमा द्धन्द्ध शृजनागर्ने खालका मानसिकताहरु भर्दै गइरहेकोमा चिन्ता ब्यक्त गर्दै युवाहरुको सकारात्मक प्रयोग हुनुपर्ने बताउनुभयो ।

pvp-bhw-news-2-1त्यस्तै, परिषदका राष्टिय सचिव एवम विभाग संगठन सचिव छितराज न्यौपानेले परिषदको आवश्यक्ताको बारेमा जानकारी दिदै युवाहरुले सामाजिक सञ्जालमा देश प्रति आक्रोस पोख्नु भन्दा फिल्डमा युवाहरुको बढी आवश्यक्ता रहेको बताउदै परिषदले आगामि दिनहरुमा चरित्रवान तथा नैतिकवान ब्यक्ती निमार्ण गने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा परिषदका भैरहवा बहुमुखि क्याम्पसका संयोजक ऋतुराज सिंह, रुपन्देही क्याम्पस संयोजक तथा नगर छात्रा प्रमुख आयुषा पाण्डे, भैरहवा नगर सदस्य कल्पना भण्डारी लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा अतिथीहरु भैरहवा बहुमुखी क्याम्पसका अध्यापक केसव शर्मा बेल्बासे, परिषदका राष्टिय सचिव सुभेन्द्र प्रसाद यादव, जिल्ला सह संयोजक गोमा खत्री , परिषदका सुभचिन्तक सञ्जय गुप्ता लगायतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको संयोजक एवम कार्यक्रम समापन भैरहवा नगर सचिव अनुराग पाण्डेले गरेका थिए । भने कार्यक्रमको सञ्चालन भैरहवा नगर कोषध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पस विज्ञान संकायका छितिज पाण्डेले गर्नभएको थियो ।