कपिलवस्तु २५ मंसिर । दुर्घटना न्यूनिकरणका लागी कपिलवस्तुको ३ स्थानमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले संघ संस्थाको सहयोगमा मिरर राखेको हो ।
कन्भेक्स मिरर घुम्तीहरुमा राखिने ऐना हो जसबाट घुम्तीमा विपरीत दिशाबाट आएको सवारी साधन देखिन्छ ।
शिवराज नगर पालिकाको चोर खोला, सुराई खोला र खैरेनीपुर को मोडमा मिरर राखिएको छ । ति मोड दुर्घटनाको दृष्टीकोणबाट अत्यन्त जोखिमपुर्ण स्थान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राज कुमार रावलले बताउनुभयो । करिव २० हजार मुल्य पर्ने मिरर अझै ७ स्थानमा राख्न सके कपिलवस्तुको दुर्घटना कमी आउन सक्ने बताईएको छ ।
बाणगंगा यातायात व्यवसायी समिती, नेपाल किसान ट्याक्टर समिती र कृष्णनगर जिप व्यवसायी समितीको सहयोगमा कन्भेक्स मिरर राखिएको ट्राफिक प्रहरी हवल्दार जित बहादुर विसीले बताउनुभयो ।













प्रतिक्रिया