३० आश्विन २०८३, शुक्रबार

मेक्सिकोमा फेला पर्‍यो मान्छे खाने टापू !

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

article-2582535-1c5b02e500000578-843_634x415न्यूयोर्क । मेक्सिकोको खाडीमा वैज्ञानिकहरूले रहस्यमयी टापू (झिल) फेला पारेका छन् । टापूमा पुग्ने जो कोही जिउँदै बचेर आउन सफल हुन नसक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । यदि कोइ व्यक्ति जिउँदै फिर्ता भयो भने त्यो आश्चर्यजनक हुने जनाइएको छ ।

टेंपल यूनिवर्सिटीमा बायोलजीको एसोसिएट प्रफेसर एरिक कार्डेसले रहस्यमयी टापूका विषयमा रिसर्च गरेका छन् । उनको रिसर्चको डिटेल ओशिऐनाग्रफी नामक जर्नलमा छापिएको छ ।

कार्डेसने डिस्कवरी न्यूजलाई भनेका छन्, ‘गहिरो समुन्द्रमा जतिजति तपाई तल जानु हुन्छ । तपाईलाई त्यहाँ नदी र टापूहरू देखा पर्छन् । त्यो देख्नेवित्तिकै तपाईलाई अर्कै दुनियाँमा आए जस्तो अनुभूति हुन्छ ।’ स्थानीयहरूले यो टापूलाई मान्छे खाने टापूको संज्ञा समेत दिएका छन् ।

समुन्द्रको तल रहेको पानी आसपाको टापको पानीभन्दा छ गुना नुनिलो रहेको छ । यसमा मीथेन र हाइड्रोजन सल्फाइडको मात्रा अत्याधिक रहेको छ । आसपासको समुन्द्रको पानीमा यो मात्रा छैन ।

समुन्द्रमा डुबुल्की लगाउन मन पराउने व्यक्तिका लागि यो टापू घातक हुन सक्ने समाचारमा जनाइएको छ । सो टापूका पानीमा सिर्फ बैक्टीरिया र ट्यूब वर्ममा मात्रै जिउँदो रहन सक्ने जनाइएको छ । – एजेन्सी