१९ कार्तिक २०८३, बिहिबार

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम एकलौटी भयो भन्दै अनसन

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15423701_213382562449024_1539914371_n– नरेश कुमार शाही

मंगलसेन, २५ मंसिर । आ.ब.०७३–०७४ को अछाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम अन्तरगतको रकम एकलौटी मनोमानी ढंगबाट बाडफाड भएको भन्दै अछाम जिल्लाको नाडा गाबिसका एक जनाले अनसन सुरु गरेका छन् ।

अछाम क्षेत्र नम्बर २ अन्तरगत सांसद भरत साउदमार्फत निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमको रु.३ करोड रकम निर्णय विपरित बाडफाड भएको भन्दै नाडा गाबिस वडा नम्बर ६ गाउखेत निवासी तेज बहादुर शाहीले अनसन सुरु गरेका हुन । २०७० सालमा पार्टीलाई जिताउनका लागि आफुले ठुलो योगदान दिएको भन्दै यस पटक सांसद बिकास कोषको रकम बाडफाड गर्दा आफनो क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उहांले अनसन सुरु गरेको बताईएको छ ।

एमाले नाडा गांउ कमिटिको को २ पटक अध्यक्ष तथा ईलाका नम्बर १३ को ईलाका उपाध्यक्ष समेत भईसकेका ४३ वर्षीय शाही अहिले कालिकेश्वरी मावि नाडाको स्थलमा रहेकोे सरस्वती मन्दिरको बरण्डामा उहांले अनसन जारी राख्नु भएको छ ।

शुक्रबार २ बजे अनसन सुरु गरेका शाहीका अनुसार यसअघि गाबिस तथा ईलाकाबाट तुर्माखाद ढुगाचाल्ना ग्रामीण सडकलाई रकम विनियोजन गर्ने निर्णय पारित गराउदा समेत हाल सो निर्णय सांसद भरत सांउदले उलंघन गर्दै मनोमानी रुपमा रकम विनियोजन गरेकोले आफनो माग पूरा नभएसम्म अनसन नतोडने बताए ।