३१ आश्विन २०८३, शनिबार

नर्थ कारोलिना राज्यमा दिसम्बर ६ लाई नेपाल दिवस घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-2– बिजय थापा

वाशिंगटन डीसी । अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवसको घोषणा गरेको छ ।

नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यानले दिसम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन ।

नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील शहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रुपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ ।

एक विशेष कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको समुस्पस्थिती एवं गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान, एनसीएनसी संस्थापक सभापति ईस्वर देवकोटा, पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख, स्टीव राओ, राज्य परिषद् सदस्य सतीस गरिमेल्ला, समाजसेवी रविन्द्र कार्की, रामकृष्ण वाग्ले, बालकृष्ण शर्मा, रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेपाल र नेपालीको हित अनि एनआरएन का अमेरिकी मूलधारमा सक्रियता र सहभागिता कसरी बढाउन सकिन्छ र नेपाल सरकारले गैर आवासीय नेपालीलाई सदैव नेपालीको लागि नेपाली नै हुन भन्ने वास्तविकतालाई प्रशंसा एवं उच्च मूल्यांकन गरेको कुरा पूर्व प्रधानमन्त्री नेपालले बताएका थिए । सो कार्यक्रममा एनसीएनसीका पदाधिकारीले स्वागत गरेका थिए ।