१९ कार्तिक २०८३, बिहिबार

शनिबारदेखि भैरहवामा फोटोग्राफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photography

– नरेश केसी

भैरहवा, २४ मंसिर । लायन्स क्लब अफ सिद्धार्थनगर र किपाग्राफी भक्तपुरको संयुक्त आयोजनामा भोली शनिबार देखि भैरहवामा फोटोग्राफी ट्रेनिङ सुरु हुन गैरहेको छ ।

सो ट्रेनिङको सम्बन्धमा जानकारी दिने उद्देश्यले शुक्रबार साँझ लायन्स क्लब अफ सिद्धार्थनगरले पत्रकार सम्मलेन आयोजना गरेको थियो । उक्त सम्मेलनमा शनिबारदेखि हुने फोटोग्राफी तालिम उत्पादनमूलक हुने आयोजकले विश्वास लिएका छन् । तालिममा ३ सिफ्ट गरी ७५ जनाको सहभागिता रहने लायन्स क्लब अफ सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशिक्षक फोटोग्राफीमै नर्बेबाट पिएचडी गर्दै गरेका शरद राईले ५ दिनको कोर्षमा फोटोग्राफीको साक्षरतालाई जोड दिने बताए । राईले भने, “हामीले फोटोग्राफीको साक्षरतालाई जोड दिँदै यो तालिम संचालन गर्नेछौँ ।”

नेत्र आचार्यको संचालनमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा पिडिजी लायन अरुणप्रताप राणा, किपाग्राफी भक्तपुरका प्रशिक्षक सन्देश प्रजापति र सम्पदा बज्राचार्य, राजेश खरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।