ललितपुर, २४ मंसिर । विद्यार्थीहरुलाई यौनजन्य दुर्व्यबहार गर्ने स्कुलका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर कनिबहालस्थित रहेको एक स्कुलका लेखापाल लुकुसी बस्ने ६२ वर्षीय दिवाकर श्रेष्ठलाई छात्राहरुमाथि यौनजन्य दुर्व्यबहार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षको लागि नख्खु कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
श्रेष्ठले स्कुलमा पढ्ने बालिकाहरुलाई टाई मिलाई दिने, परिचय पत्र मिलाई दिने बहानामा यौनजन्य दुर्व्यबहार गर्दै आएका थिए ।
ललितपुर प्रहरी प्रवक्ता डीएसपी ईश्वर कार्कीले अभिभावकबाटै यौन दुर्व्यवहारको उजुरी आएपछि श्रेष्ठलाई पक्राउ गरिएको र अनुसन्धान पश्चात पेश हुँदा ललितपुर जिल्ला अदालतको विहिबारको आदेशानुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय नख्खु चलान गरिएको बताए ।













प्रतिक्रिया