काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा उभिएकी १३ वर्षीया छात्रा समीक्षा आचार्यको निधन भएको विरोधमा एमाले निकट अनेरास्ववियुले श्रद्धाञ्जलि कार्यक्रम गर्दैछ ।
अहिले केही समयपछि काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा अखिलले समीक्षाको निधन भएको शोकमा कार्यक्रम गर्न लागिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालको स्वागतमा उभिएकी समीक्षा बिहीबार लडेर बेहोस भएकी थिइन् । त्यसपछि उपचार गराउन लैजाने क्रममा उनको निधन भएको थियो ।
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारले घटनाको बिरोध गर्दै प्रधानमन्त्री दाहालको कडा रुपमा आलोचना गरेको छ ।












प्रतिक्रिया