१९ कार्तिक २०८३, बिहिबार

सीमांकन हेरफेरको बिरोधमा गुल्मी महिलाहरु कुचो लिएर सडकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-mahila

– अनिल खत्री

गुल्मी, २४ मंसिर । सरकारले आफना माग सुनुवाई नगरेपछी गुल्मीमा कुचो जुलुस प्रदर्शन भएको छ ।

सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका महिलाहरुले बिरोध स्वरुप कुचो लिएर सड्कमा उत्रिएका हुन । महिलाहरुले वर्तमान सरकारले फोहोरी काम गरेको भन्दै कुचोले बढारेर सफागर्ने भन्दै उनिहरुले सड्काम उत्रिएका छन् । जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले बजारका बिभिन्न स्थानमा कुचो हातथमा लिएर बढारदै बिभिन्न नाराबाजी समेत गरेका थिए ।

gulmi-mahila-1

महिलाहरुले बिवाद नभएको पाँच नम्बर प्रदेसमा सरकारले संबिधान संशोधनको निहुमा बिवाद निम्त्याई दिएको भन्दै बिरोध गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासको लाकुरीमञ्चबाट उनिहरु सड्कमा सफागर्दै नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । कुचो जुलुस प्रर्दशन पछी कोणसभा समेत सम्पन्न भएको छ । कोणसभामा बोल्ने अधिकांश महिलाहरुले सरकारबाट भएकोृ फोहोरी खेलतुरुन्त अत्यगर्न सुझाव दिएका छन् । महिलाहरुले सरकारलाई जनभावना विपरित कदम नचाल्न आग्रह गरेका छन् ।

गुल्मी अनिश्चत बन्द दशौं दिन जिल्लाका ८ ठाउँमा जनसभा सम्पन्न

gulmi-andolan

अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १० दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।

बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा शुक्रवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् ।

gulmi-mahila-2

आन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारलाई रोक लगाएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन यहि आज जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, इस्मा, पुर्कोट दहमा वृहत विरोध सभा सम्पन्न भएका छन् । सभालाई जिल्ला सयुक्त आन्दोलनका शिर्ष नेताहरु सम्बोधनका लागी गाउँगाउ पुगेका थिए ।