३१ आश्विन २०८३, शनिबार

प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्छ : मन्त्री भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-bhandariअमेरिका । बनमन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् ।

अमेरिकाको लसएञ्जलसस्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा गत डिसेम्बर ४ तारिख साँझ मन्तब्य राख्दै उनले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताए । उनले मुलुक छोडेर प्रबासको कर्मभूमि रहेका नेपालीहरुलाई आफ्नो जन्मभूमि फर्कन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाइ राखे ।

अहिले देशको स्थिती अत्यन्त नाजुक रहेको र प्रमुख राजनैतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बताए ।

सांसद राजु थापाले अहिले देशमा एकताको खाचो रहेको र प्रमुख तीन ठूला दलहरुले एकताको शुत्रमा बाधिएर जटिल परिस्थितीको समाधान गर्नु पर्ने कुरामा जोड दिए ।