वाशिंटन डीसी । तामाङ सोसाईटी अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन् । गत डिसेम्बर ५ तारिखमा बसेको वार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।
अन्य पदहरु पनि सर्बसम्मतीबाट चयन भएका छन् । वार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रित अतिथिहरुका समुपस्थितीमा नयाँ समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए ।
अन्य पद पूर्ति भएता पनि जनसम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ–बुझारथ बुझाएको छ ।
नवनिर्वाचित सभापति उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन
















प्रतिक्रिया