नयाँदिल्ली । सोशल मिडियामा केही दिनदेखि एउटा भिडियो तीब्रताका साथ भायरल भइरहेको छ ।
भिडियोमा १५ वर्षीया स्कूलमा अध्ययनरत किशोरी सडकको पुलमा उभिएर गीत गाउँदै गरेकी छिन् । जति राम्रो गीत उनले गाएकी छिन् उस्तै राम्रो उनको अनुहार पनि छ ।
भिडियोमा किशोरीले ठूलो स्वरमा पंजाबी गीत गाएको देख्न सकिन्छ । त्यो गीत यति आत्मविश्वाससँग गाइएको छ कि शिक्षक र साथीहरूले भिडियो नै बनाउन बाध्य भए ।
गीत गाउने बेला ती किशोरीले कुनै माइकको प्रयोग गरेकी छैनिन् । ती किशोरीले माइक प्रयोग नगर्दा पनि यति ठूलो स्वरमा कुशलताका साथ गएको सबैले प्रसंशा गरेका छन् ।
ती किशोरीले गीत गाएको स्थान कहाँ हो समाचारमा खुलाइएको छैन । तर भिडियो यूट्युबमा भाइरल भइरहेको छ । तीन दिनमा यो भिडियो झण्डै तीन लाखले हेरिसकेका छन् । – एजेन्सी















प्रतिक्रिया