३१ आश्विन २०८३, शनिबार

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वासिङ्गटन डिसी मेट्रोक्षेत्रमा आयोजना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usa-filmकाठमाडौं । नेपाल—अमेरिका फिल्म सोसाइटीले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको छ ।

महोत्सव निर्देशक पूर्णसिंह बराइलीले आइतबार विज्ञप्ति जारी गर्दै २०७४ साल वैशाख २२ देखि २४ सम्म (मे ५ देखि ७, २०१७) नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ ।

अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिनेछ । चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायगत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुस“गको सहकार्यमा आयोजना गरिनेछ । यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।

आयोजकले नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाइ महोत्सवलाई सफल बनाउन अनुरोध समेत गरेको छ । चलचित्र पठाउने सम्पूर्ण जानकारी सामाजिक संजाल र वेभसाइटमा राखिएको र चलचित्र महोत्सव आयोजना हुने स्थान र समय तालिकाहरु क्रमशः सार्वजनिक गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जनाएका छन् ।

चलचित्र महोत्सवसम्बन्धी थप प्रगति विवरणहरु सामाजिक संजाल र वेभसाइटमार्फत क्रमशः जानकारी गराइने छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि चललिचत्रकर्मी, समीक्षक, पत्रकार, चलचित्रसम्बन्धी संघसंस्था र सरोकारवालाहरुबाट सल्लाह सुझाबको लागि पनि आयोजकले सबैमा आह्वान गरेको छ ।

थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ ।