३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले बाबुको अंशमा पाएको देश हो र मनपरी कित्ताकाट गर्ने ?

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajeswor-kamali

– राजेश्वर कमली

पृथ्वीनारायण शाहको पालादेखि आजको गणतान्त्रिक मुलुकसम्म आइपुग्दा थुप्रै, युद्द, द्वन्द्व र परिवर्तनात्मक कदमहरु भए, त्यो इतिहास रच्न केबल एउटा समूहले मात्र सम्भब थिएन । जात, धर्म, प्रदेश भनी खण्डित र बिचलित भएको भए आज इतिहासको पाना पल्टाएर हेर्दा पुर्बमा टिस्टा र पश्चिममा काँगड़ा भनी गर्ब गर्न सक्ने अबस्था सिर्जना हुँदैन्थ्यो । नेपाल भन्ने राज्य भएदेखि नै हाम्रो इतिहास अलौकिक छ अनेक भाषा, बिभिन्न संस्कृति हाम्रा गहना र पहिचान हुन् । १२५ जातजाति र १२३ भाषाभाषी रहेको यो बिचित्रको फुलबारीले इतिहासमा अमूर्त साइनो जोडेको छ ।

हाल १,४७,१८१ बर्ग किलोमिटर क्षेत्रफल रहेको हाम्रो मुलुक कति खुम्चियो भन्ने पनि धेरैलाई ज्ञान नै छ तापनि सरोकार राख्नेहरुले वास्तै गरेका छैनन् । ३२ वटा राजनैतिक पार्टीका कुल ६०१ सांसद आजसम्म सिमाको सबालमा मौन छन् तर प्रदेश र सिमांकनले निन्द्रा लागेको छैन । कोहीलाई प्रदेश टुक्राउनै पर्ने, कोही प्रदेश टुक्रियो भने नेपालै सकिन्छ भनेर आन्दोलन गर्ने । आखिर को सही ? संघीयता के हो र कसरी ल्याइयो ? संघीयता कुन मोडलमा जारी गरियो ? बिश्वकै उत्कृष्ट भनिएको संबिधान एक बर्ष नहुँदै किन र कसको चाहनामा संशोधन हुन खोजिँदैछ ? संबिधान संसोधनको मुद्दामा यत्रो हंगामा गर्न सक्ने राजनैतिक दल राष्ट्रिय मुद्दामा किन संबेदनशील छैन ? किन टनकपुरदेखि सुस्तासम्मको मुद्दामा कुनै राजनैतिक दलको आँखा खुल्दैन ?

सुस्ताः २०२५ सालमा सुस्ता गाविस हुँदा सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर थियो । तर अहिले पटकपटक अतिक्रमण हुँदा ७ हजार हेक्टर मात्र बाँकी छ । बिभिन्न समयको भारतीय चरम यातनाबाट सुस्ताबासी आक्रान्त छन् । भूगोलको रक्षाका लागि हारगुहार गर्दैछन् तर राज्य संयन्त्र मौन ।
दशजगाः दशजगा क्षेत्रमा पनि अन्तराष्ट्रिय सीमा नियमलाई समेत उल्लंघन गरी एसएसबीले केही समयदेखि धमाधम क्याम्प बनाउन थालेको घटना बाहिर आएको छ । अन्तु गाविस वडा नं ८ मा पर्ने छब्बिसे क्षेत्रको करिब २० रोपनीभन्दा बढी नेपाली भूभाग भारतीय पक्षले मिचेको, पशुपतिनगर गाविसमा पर्ने पुलखोलामा पनि नेपाली भूभाग मिचेर क्याम्प खडा गरिएको, भारतीय वन कार्यालयले स्थायी क्याम्प निर्माणका लागि नेपालतर्फको भूभाग मिचेको जस्ता सिमा हस्तछेप हुँदा पनि राज्यलाइ केही हतारो छैन ।

लिपुलेकः लिपुलेकमा एउटा भज्याङ छ । १८१६ देखि लिएर हालसम्मका सबै सन्धि सम्झौता तथा मान्यताहरुले लिपुलेक हाम्रो भन्ने कुराहरुले लिपुलेक नेपालकै हो भन्ने सावित हुन्छ । त्यो मार्गबाट चीन र भारतले व्यापार गर्ने र अन्य काम गर्ने सम्झौता भयो । उनीहरुले त्यो सम्झौता लिपुलेक नेपालको हो भन्ने जान्दा जान्दै पनि गरे । यो नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता विरुद्ध गरिएको कदम हो भन्ने हामी सबैलाई लागेको छ ।

लिम्पियाधुराः लिपुलेक भन्दा ५३ किलोमिटर पश्चिममा रहेको टिङ्कर लिम्पियाधुरा पनि नेपालको हो भन्ने तथ्यहरुले सावित गरेका छन् । । ६४ वटा भन्दा बढी स्थानमा नेपालको सिमाहरुमा समस्या छ भन्ने कुरा विज्ञहरुले नै भनिरहेका छन् । अर्को कुरा भर्खर चीनको भ्रमणमा भारतीय प्रधानमन्त्री जाँदा लिपुलेकको विषयलाई लिएर एउटा सम्झौता गरियो ।

त्यसैगरी पश्चिममा कञ्चनपुरस्थित शारदा, प्रस्तावित पञ्चेश्वर बाँध र टनकपुर बाँधदेखि पूर्वमा कोशी उच्च बाँध यसैवीचमा पर्ने कैलाली र बर्दिया जिल्लालाई प्रभावित गर्ने कैलासपुरी बाँध, बाँकेको लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुको महलिसागर बाँध, रुपन्देहीको खुर्दलोटन बाँध, दण्डा फरेना सिद्धार्थनगर, नवलपरासीको गण्डक बाँध, रौतहटको लालबकैया प्रमुख रहेका छन् जस्काकरण जमीन कटान, पटान र डुवान हुँदै आएको छ।भारत सरकारले एकलौटी ढंगबाट अन्तराष्ट्रिय कानूनको समेत खिल्ली उडाएर बनाएका बाँधहरुका कारण त्यहाँका वासिन्दाहरुको जीवन कष्टकर भएको छ ।

नयाँ संविधानमा भूगोल सम्बन्धी के प्राबधान छ ?

नयाँ संविधानमा स्पष्ट रुपमा नेपालको भूभाग भन्नाले यति वर्ग किलोमिटरको, यहाँदेखि त्यहाँसम्म, पूर्व–पश्चिम, उत्तर–दक्षिण फैलिएको लिपूलेक, सुस्ता कालापानीसहितको भूभाग हो भनी स्पष्ट किटान गर्न रिट निवेदनमा माग गरिएको छ ।

आज लिपुलेकको इतिहास, सुस्ता, कालापानी र दसगजाका पिडाप्रति कसैका आँखा खोलिएनन् हजारौ बर्ग किलो मिटर भारतले हस्तक्षेप गर्दा तँै चुप मै चुप हुने महामहिमहरु संघीयतामा हस्ताक्षर गर्दै प्रदेश टुक्रियो भन्दै सडक तताउँछन, कोही देशै मेरो हो झै इच्छानुसार सुबिधे भवनमा बसी बाबुकै अंश झै कित्ताकाट गर्छन अनि नेपाली जनताका छोराछोरी नेपाल आमा भन्दा पार्टी ठूलो झै आँखा चिम्लिएर मेरो र तेरो भन्दै ठाडो निर्देशन पालना गर्छन । पहाडको टूप्पोमा बसेर तराईको पिडाको अबमूल्यन गर्दै कथित रास्ट्रबादको नाममा मधेस पहाड़ र हिमाल देख्नेहरुले तिलाठीका जनताबाट केहि सिकून। त्यसैले अब आन्दोलनको नाममा देशमा थप आतंक नहोस्, राष्ट्रियताको सबालमा आँखा खोलेकै हो र नेपालको माया नै गर्छौ भने सुस्ता र दसगजा जाऊ, सीमाका जनताका आँशुको मूल्य सोध र भारतीय बिस्तारबादको बिरुद्दमा बोल तर सिंगो नेपालको मनपरी कित्ताकाट गर्ने र सोझा निमुखा जनतालाई दुःख दिनेकामले राष्ट्रियता झल्कदैन र इतिहासले सम्झदैन । न यो प्रचण्डले बाबुको अंशमा पाएको देश हो, न शेरबहादुर देउवा र केपी ओलीले । त्यसैले मिलेर बसेको जनतलाई जिस्काउने भन्दा पनि सिमा अतिक्रमण रोक्न तिर लाग । देशमा भइरहेका अनेक हस्तक्षेप रोक्न भूमिका खेल ।