३१ आश्विन २०८३, शनिबार

न्युजिल्याण्डको क्राइटचर्चमा नेपाली झाँकी (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

newzland-5

क्राइस्टचर्च । न्युजिल्याण्डको क्राइस्टचर्चमा नेपाली समुदायले नेपाली कला संस्कृति सम्वर्द्धनका साँस्कृतिक विविधतासहितको झाँकी प्रदर्शन गरेका छन् ।

इसाइ धर्मावलम्बीको महान पर्व क्रिस्मसको पूर्वकार्यक्रमका रुपमा परिरित सान्टा परेडमा नेपाली झाँकी प्रदर्शन भएको हो । नेपाल न्युजिल्याण्ड फ्रेन्डसीप सोसाइटी क्यान्टवरीको संयोजनमा सान्टा परेडमा नेपाली साँस्कृतिक प्रदर्शन भएको हो ।

विभिन्न नेपाली साँस्कृतिक पोशाकमा सजिएका नेपालीले बाजागाजा र लाखे नाच सहित परेडमा सहभागिता जनाएका थिए । नेपालको धार्मिक साँस्कृतिक विम्वका रुपमा परिचित बौद्धस्तुपा र ध्वजापताकाले सिंगारिएको सवारीसहित नेपाली झण्डा फहराउँदै नेपाली समुदायले करीब ३ किलोमिटरको पैदलयात्रा गर्दै झाँकी पैदर्शन गरे ।

हजारौं न्युजिल्याण्डवासीले सडक छेउ उभिएका झाँकी अवलोकन गरे । क्राइस्टचर्चमा वर्षेनी आयोजना हुने परेडमा विभिन्न आप्रवासीसहित १ सय भन्दा बढी समुदाय र संगठनले सहभागिता जनाउँछन् ।

नेपाली कला संस्कृति प्रवद्र्धनका लागि सन् २००४ मा गठन भएको नेपाल न्युजिल्याड फ्रेण्डसिप सोसाइटीले नेपाली चाडपर्वका अवसरमा पनि साँकृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।

newzland newzland newzland-1 newzland-2 newzland-3 newzland-4  newzland-6 newzland-7

तस्बिरः अभि आचार्य