करोडौ नेपाली जनताहरुको भावना र इच्छा विपरित प्रचण्ड सरकारले विदेशी इशारामा र ‘गुलामी’मा संविधान संशोधन गर्दैछ । उक्त संविधान संशोधन विधयक संसद सचिवालयमा दर्ता भएको छ । नेपाल राष्ट्र र नेपाली जनता एकातिर विदेशीको ‘गुलाम’ प्रचण्ड सरकार अर्कोतिर यो नेपाल राष्ट्रको लागि विडम्बनाको विषय हो ।
विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति र भुगोल मिलेर बसेको अखण्ड नेपाललाई संघीयताको नाममा पहाड र तराई मधेशलाई टुक्राउन खोजिएको छ । एक अर्काका परिपुरक रहेका पहाड र तराई मधेशलाई चिरेर नेपालको आन्तरिक राष्ट्रवादलाई प्रचण्ड सरकारले तिलाञ्जली दिएको छ । विदेशको अंगीकृत नागरिकलाई नेपालको सम्माननीय र सर्वोच्च पदमा पुगाउन जुन संविधान संशोधन प्रस्ताव अगाडि बढ्दै छ त्यो प्रस्ताव नेपालको अस्मिता माथि ठाडो अपहरण हो, स्वयम् त्यो कानुन हिन्दुस्तान भारतमा पनि छैन । भारतका ठूला एजेन्टहरुले जुन हर्कत देखाएका छन्, जबसम्म यो राष्ट्र नेपालमा अनेरास्ववियु र एमाले रहन्छ तब सम्म यी सबै राष्ट्रघाति दुस्प्रयास प्रचण्ड सरकारजस्ता ‘गद्दार’ सरकारको लागि दिवा सपना हुनेछ ।
तपाईहरु जस्ता राष्ट्रघाति र दलाल सरकारका विरुद्ध हामी यो राष्ट्रका बर्दी विनाका सिपाही सडकमा ओर्ली सकेका छौ । हामीले राष्ट्रियताका सवालमा हार्न जानेका छैनौ । कि त नयाँ कुरा सिक्न जानेका छौ, कि लडाई जित्न जानेका छौ । त्यसैले प्रचण्ड सरकार संविधान संशोधन विधयक अविलम्व फिर्ता होस् । तपाईहरु स्वतः ध्वस्तको बाटोमा जान आफै मुक्त हुनुस् नत्र! स्वभिमानी नेपालीले र हामी युवाले आफै देखाउने छौ । हामी नेपाल राष्ट्रको राष्ट्रियता र इमानको खातिर फलामको तातो गोली खान पनि तयार छौ । याद रहोस् ।
(सोडारी अनेरास्ववियुसँग सम्बद्ध छन् ।)















प्रतिक्रिया