३१ आश्विन २०८३, शनिबार

डिसीमा केसीको समर्थनमा नेपाली समुदायको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fullsizerender-1– विजय थापा

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा गोविन्द केसीको प्राण रक्षा र उनका जायज मागहरुप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको भर्जिनियाको मनासस शहरमा एकत्रित भएर समर्थन जनाएका छन् ।

डा केसीलाई समर्थन जनाउन भेला भएका नेपाली समुदायले नेपाल सरकार, राजनीतिक दल तथा सबैलाई ध्यानाकर्षण गराउँदै अविलम्ब समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

चिकित्सक केसीको शान्तिपूर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै वक्ताहरुले सरकारको रवैया, चिकित्सा तथा शिक्षा क्षेत्रमा भएको माफियातन्त्रका विषयमा कडा शब्द र बिरोधका चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् ।

कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ, भ्रस्ट माफिया मुर्दाबाद, डा केसी जिन्दाबाद, म डा केसीको साथमा छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरु उपस्थित भएका थिए ।

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो । कार्यक्रममा दधिराम ढुंगाना, मुक्तिनाथ पन्त, परशुराम भण्डारी, मेदनी अधिकारी, कृष्ण भण्डारी, पदम राज रेग्मी तथा अन्यले डा केसीको समर्थनमा बोलेका थिए ।