४ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandari

काठमाडौँ, १८ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाउनुभएको छ ।

नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको जानकारी दिनुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले देशका विभिन्न भागमा आन्दोलन चर्किएपछि राष्ट्रपति सक्रिय हुनुभएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सबै दललाई सहमतिमा लिएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो । रासस