काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विषय गम्भीर रहेको भन्दै कानून विज्ञ, विभिन्न राजनीतिक दल र मधेसी मोर्चासँग परामर्श गर्ने निर्णय गरेको छ ।
काठमाडौंको धम्बाराहीस्थित पार्टी मुख्यालयमा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनको प्रस्तावको गाम्भीर्यता र सम्वेदनशीलताका कारण सबै कानून व्यवसायी र राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरिएको प्रवक्ता राजाराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधनका विषयमा विवाद भइ सडक आन्दोलन भइरहेका बेला राप्रपाले सो विषयमा थप छलफल गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, राप्रपाले आफ्नो महाधिवेशन ६, ७, ८ र ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय भएसँग तयारी तीब्रताका साथ गरिनेछ ।












प्रतिक्रिया