४ मंसिर २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भन्छन्- राष्ट्र बाच्ने आफ्नो अडानले हो

121.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kirti-nidhi-bista

काठमाडौं, १८ मंसिर । पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले मधेशी मोर्चाका नाममा भारतीय स्वार्थ अनुकुल काम गर्न चाहनेहरुले समग्र तराईलाई सके एक प्रदेश नसके दुई प्रदेश बनाउन माग राखेको बताएका छन् ।

माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडले प्रकाशनमा ल्याएको ‘नेपाल भारत सम्बन्धः विगत, बर्तमान र भविश्य तथा पूर्वीय भौतिकबाद’ नामक पुस्तक सार्वजनिक समारोहमा बोल्दै विष्टले तथाकथित मधेसी मोर्चाको यहि मागमा नेपाललाई घुँडा टेकाउन नै संविधान जारी हुने वित्तिकै भारतकातर्फबाट अघोषित तर घोषितभन्दा कडा नाकाबन्दी लगाइएको बताए ।

तीन पटक नेपालको प्रधानमन्त्री तथा बहुदलीय व्यवस्थामा राजाको प्रत्यक्ष शासनका बेला एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भइसकेका विष्टले अहिले प्रमुख प्रतिपक्षी एमालेको अडानतर्फ संकेत गर्दै राष्ट्रिय अडानले मात्र राष्ट्र जोगिने स्पष्ट पारे ।

‘नयाँ पुस्ताका मानिसहरु वा हिजोआज सरकारमा वस्नेहरुलाई लाग्दो हो कडा राष्ट्रिय अडान लिँदा भारतले घाँटीनै अँठ्याएर मार्छ कि । त्यसो होइन, कुनै राष्ट्र बाँच्ने भनेकै उसको अडानका कारणले हो । सहि अडान भयो भने केही समय दुःख हुन सक्छ, तर राष्ट्र जोगिन्छ,’ उनले भने ।