काठमाडौं, १८ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भारतीय राजदूत रञ्जीत रेलाई नेपाललाई सिक्किमीकरण गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
शनिबार विहान लैनचौरस्थित भारतीय राजदूत घेराउ गर्दै अध्यक्ष पहारीले मधेसी मोर्चाका नेतालाई परिचालन गरेर नेपाललाई सिक्किमीकरण गर्न खोज्ने प्रयास नगर्न चेतावनी दिएका हुन् ।
भारतीय राजदूतवास घेराउ गरिसकेपछि पहारीले सामाजिक सञ्जालमार्फत पनि भनेका छन्– ‘मधेसी मोर्चाका नेतालाई लौनचौरमा बोलाएर खाना खुवाए जस्तो होइन नेपाललाई सिक्किमिकरण गर्न खोज्ने कुरा आफूले जन्माए हुर्काएका पाल्तुहरूनै नेपालका नेतृत्व कर्ता हुन् भन्ने भ्रमबाट मुक्त हुँदा राम्रो हुन्छ । हरेक पहेँलो बस्तु सुन हुँदैन ।’












प्रतिक्रिया