१ कार्तिक २०८३, शनिबार

नेपाल–अमेरिका एकता समाजले डिसेम्बर ४ मा साधारणसभा गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aलस एञ्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्समा सन् २००९ मा स्थापित नेपाल–अमेरिका एकता समाजको वार्षिक साधारण सभा आगामी डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ ।

साधारण सभा साँझ सात बजेदेखि तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको महासचिव डोल्मा लामाले दिएकी छिन् । निकट भविष्यमा हुन गईरहेको एनआरएन अमेरिकाको निर्वाचनको सम्बन्धमा समेत यस क्षेत्रको कसरी कस्तो प्रतिनिधित्व गर्ने, को–को आकाङ्क्षा राख्ने छन् भन्ने विषयमा समेत छलफल गर्ने कार्यक्रम राखेको एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।

यस वार्षिक साधारण सभाले यस सेरो फेरोमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकत्रित गर्दै आफ्नो नेपाली सांस्कृतिक पराम्परालाई जगेर्ना गर्ने आफ्नो उद्देश्य पूर्तिका लागि वार्षिक कार्ययोजनामाथि छलफल गरी दीर्घकालीन योजना तयार गर्ने उद्देश्य रहेको अध्यक्ष सूर्य प्रसाईले जानकारी दिए ।

संस्थाले प्रवासमा रहेका नेपाली समुदायको हक, हित र अधिकारको संरक्षण र प्रबर्धन तथा नेपाली चाड पर्वका बेला सबै नेपालीहरुलाई एकै थलोमा भेला गरी आफ्नो नेपाली पनको महसुस गराउदै आईरहेको छ ।

सामाजिक सेवामा थुप्रै उल्लेखनीय काम गर्न सफल भएको यस संस्था अमेरिकामा निकै राम्रो गैर मुनाफा सामाजिक संस्थाको रूपमा स्थापित भएको छ ।

साधारण सभामा गत एक वर्षको कार्यक्रम तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन, संस्थाको वार्षिक कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने योजना रहेको छ ।