यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसहरु शायदै छन् होला । निजी जीवनका पानाहरु पल्टाउदा सबैले आफूलाई कहिँ न कहिँ दुःखी भेटाउछ । सुख र आनन्दका क्षण पनि हुन्छन नै । कलिलो मस्तिष्क भएको बाल्य जीवनमा घरायशी किचलोको पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु ।
आम़ाको सम्बन्ध बिच्छेद बुबासंग भएको हो, अरुको सहाराम़ा बाँचिरहेका आफ्नै छोरामाथि एउटी आम़ाको यस्तो लान्छना किन ? आमालाई हामीले लत्याएका हैनौं, हामी आमाबाट लत्याइएका अभागी छोरा हौँ सत्य यही हो ।
वास्तवमा हामीले के गल्ती गर्यौ र यति धेरै मानिसहरुले हामीलाई गाली गरिरहेका छन् ? के समाजका मानिसहरु यति एकोहोरो हुन मिल्छ ? घटनाको बारेमा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरी सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि । मेरो पारिवारिक अवस्थाका बारेमा बुझेका साथी हरुलाई त मैले स्पस्टिकरण दिनुपर्ने छैन । सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटनाको वास्तविकता थाहा नपाउनेहरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें । तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरिरहेका छन्, हामीलाई कर्तव्यको पाठ सिकाई रहेका छन् । हामीमाथि गालिको बर्षा गरिरहेछन । सबैको परिवार हुञ्छ, परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालिको वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामी पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ । न त हामी कुनै हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै ।
कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमनसंग नामक कार्यक्रमको मुख्य पात्र हाम्रो आम़ा कन्चन (रमा) शर्माको कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समयमा मेरो परिक्षा चलिरहेको थियो । कार्यक्रम प्रसारण भैसके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो ।
हाम्रो परिवारमा आमा को अस्वाभाविक र अमर्यादित काम, क्रियाकलाप र व्यवहारका कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाई ले देखेका छौं। दाई त अहिलेसम्म सम्हालिन सक्नु भएको छैन । भविस्यको अनुमान लगाउन नसक्ने हामि अबोध बालकलाई आमा बुबाको माया र मार्गदर्शनको खाँचो भएको समयमा आमाले हामिलाई एक बचन नसोधी घर छोड्नुभयो । लामो समयसम्म पारिवारिक जिम्मेवारीबाट अलग्गिएपछि आमा र बुबाको बीचमा अदालतको माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबाको काँधमा आमा र बुबा दुवैको जिम्मेवारी उठाउनुपर्ने भार पर्यो। बुबाको सहनशीलता, लगन, माया र ममता ले हामि अगाडी बढ्यौ । आमाले घर छोडदा म १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमा क लागि केहि नगरेको आरोप लगाउनेहरु लाई सोध्न चाहन्छु, मलाई आमाको माया र भरोशा आवश्यक थियो कि तिरष्कार र घृणा ?
पराइलाई आफन्त र आफन्त लाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमा ले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो हामी ले बुबा को पक्ष लियाै। बुबा को पक्ष किन लिएको भनेर तपाई हरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमा को झगडा मा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबा को साथ् दियाै । आमा ले गर्नु भएका अमर्यादित काम म सामाजिक संजालम़ा ब्यक्त गर्न सक्दिन ।
अनि आमा का बनावटी कुरा सुनेर हामि माथि अन्याय गर्ने अधिकार सामाजिक संजाल प्रयोगकर्तामा कहाँ बाट प्राप्त भयो ? येदि यो देश म़ा नियम कानुन छ र यो कानुनि राज्य हो भने हामि माथि त्यसरी अन्यापूर्वक गालि को वर्षा गर्नेहरु माथि आवस्यक कानुनि कार्यवाही गरि पाउन यसै बाट अनुरोध गर्दछु ।
सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइ लाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाई ले मोटर साइकल चद्छौँ, जसमध्ये मेरो license समेत प्रमाण को रुप म़ा मैले पेश गरेको छु ।
आम़ाको सम्बन्ध बिच्छेद बुबासंग भएको हो, अरुको सहाराम़ा बाँचिरहेका आफ्नै छोरामाथि एउटी आम़ाको यस्तो लान्छना किन ? आमालाई हामीले लत्याएका हैनौं, हामी आमाबाट लत्याइएका अभागी छोरा हौँ सत्य यही हो ।
















प्रतिक्रिया