५ मंसिर २०८३, शनिबार

आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्रीले राखे अचानक पत्रकार सम्मेलन

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahalकाठमाडौं, १६ मंसिर । संविधान संशोधनको सरकारी प्रस्तावलाई लिएर चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार सम्मलेन राख्नुभएको छ ।

अपरान्ह दुई बजे बालुवाटारमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।

‘संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्रीज्यूले धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको हो’, निजी सचिवालयले जनाएको छ ।

सरकारले दर्ता गराएको संशोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको सत्तारुढ र विपक्षी दलका नेताहरूको आरोप छ ।